पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका -५ महुवनका दलित बालबालिकाहरुलाई सामाजिक अभियान्ता रिता परियारले न्यानो कपडा सहयोग गरेकी छन। पिसफोर दलित फाउन्डेसन नेपालका अध्यक्ष मनोज राम ,उनको भाइ बुहारी शितल परियार र रनिता परियार मार्फत शनिबार महुवनमा एक कार्यक्रम आयोजना गरि १ सय ४५ जना बालबालिकाहरुलाई करिब एक लाख बराबरको हुडि ज्याकेट र ट्राउजर बितरण गरिएको अभियान्ता परियारले जानकारी दिइन। सो कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादबको पनि उपस्थिती रहेको थियो।
उनले सामजिक संजाल बाट मुहसर बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने अभियान चलाए लगतै अष्ट्रेलिया बाट संगित परियारको ९ हजार, नर्वे बाट अमृत परियार ६ हजार, सजना परियार ६ हजार र प्रेम लाल नेपालीले १ हजार ८ सय गरि २२ हजार ८ सय रुपैयाँ सहयोग जम्मा गराएका थिए। उक्त रकममा ७८ हजार रुपैयाँ रिता परियार आफैले सहयोग गरेकि हुन।
गोरखा जिल्लाको शहिद लखन गाउँपालिका - २ मनकामना घर भएकी परियार हाल नर्वेमा रहेकी छन, उनले बिगत देखि क्यान्सर पिडित, मृगौला पिडित, बिपन्न परिवार तथा मनकामना एम्बुलेन्स खरिद जस्ता क्षेत्रमा आर्थिक सहयोग गर्दै आइरहेकी छन। फलस्वरूप केही महिना अघि उनी नेपाल आएको अबसरमा उनलाई विभिन्न संघ संस्थाले सम्मान गरेको थियो।
उनले सहयोग अभियान चलाएर आफू र आफ्ना शुभचिन्तकहरु बाट संकलन गरि २ सय ६२ औँ पटक सहयोग गरिसकेको बताईन। सहयोगका कारण मृत्युको मुखमा पुगेका बिरामीहरु अहिले पनि हजुरको कारण बाँचियो भन्दै फोन आउँदा भावुक हुन्छु, उनले भनिन अझै ठुलो लक्ष्य राख्दै अभियानमा होमिएको छु, खुट्टा तान्नेको कमि छैन तर मलाई अझ उर्जा थपिएको महसुस गरेकी छु। भर्खरै सहयोग गरेको ठाउँमा १ सय ४५ जना लाई सहयोग गरियो तर त्यहाँ थप ५० जनालाई न्यानो कपडा आवस्यकता देखिएकोले उनिहरुलाई एक हप्ता भित्र न्यानो कपडा दिने प्रतिबद्धता गरेकी छु।
प्रतिक्रिया दिनुहोस