२४ पुष २०८१ बुधबार | 08 Jan 2025 Wed

नेकपा माओबादी केन्द्र भिमादका अध्यक्षमा सिग्देल

  • समर रानाभाट
  • ३ दिन अघि
  • पाठक संख्या ११३

  •  २१ पौष, 

    भिमाद ।  नेकपा माओबादी केन्द्र भिमाद नगर कमिटीको अध्यक्षमा पुन अमृत सिग्देल निर्वाचित हुनु हुभएको छ । 

    शनिबार भिमाद नगरपालिका १ किहुँ बडहरभञ्ज्याङ्गमा सम्पन्न भएको नगर कमिटीको दोस्रो अभिवेशन मार्फत सिग्देलको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको माओबादी केन्द्रका जिल्ला संयोजक ओमराज आले मदनले जानकारी दिनुभयो । 

    नगर कमिटीको उपाध्यक्षमा मौषम गैह्रे, दशरथ गैह्रे, तिर्थ सिग्देल,सचिवमा दिनेश सिग्देल सहसचिवमा हुमनाथ सिग्देल र कोेषाध्यक्षमा प्रमिला थापा चयन हुनुभएको छ । जिल्ला संयोजकले शनिबार भिमादमा खबरदारी सहित सम्पन्न भएको नगर कमिटीको अधिवेशनसँगै जिल्लाका १० वटै पालिकामा अधिवेशन सम्मन्न भएको बताउनुभयो ।