२४ पुष २०८१ बुधबार | 08 Jan 2025 Wed

कावासोतीबाट लागु औषद्य सहित एक जना पक्राउ, बील भरपाइ नभएका सामग्री बरामद

  • समर रानाभाट
  • २ दिन अघि
  • पाठक संख्या ४७

  • ज्ञानु पंगेनी ,कावासोती । 

    नवलपुरको कावासोतीबाट लागु औषद्य सहित एक जनालाई पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक रुक्मागत न्यौपानको कमाण्डमा खटिएको ५ जनाको टोलीले गएराति साढे नौ बजेतिरको समयमा चालिस किलो जंगलमा चेकजाँच गर्नेक्रममा बुटवलबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख ५४२९ नं. को बसमा सवार पश्चिम नवलपरासी पाल्दिनन्दन ३ बेलपुर बस्ने वर्ष २१ को अनिल प्रसाद गुप्ताको साथमा रहेको कालो झोलाबाट डाईजेपाम–१५० एम्पुल, फेनरागन–१५० एम्पुल र क्ष्एएी–१५० एम्पुल गरी जम्मा ४५० एम्पुल लागु औषध सहित नियन्त्रणमा लिएको हो ।
    यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    यस्तै कावासोती १६ चालिसकिलो स्थित पूर्व–पश्चिम राजमार्गमा नै चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट पोखरा तर्फ आउँदै गरेको बा ५ ख १२३६ नं. को मैत्री बसमा बिना भ्याट बिल भरपाईको चाँदीको जस्तो देखिने पाउजु–१४२ थान  (मुल्य खुल्न नसकेको) मोटर पाट्र्स १ बोरा, मुल्य ७०,हजार (सत्तरी हजार) र सोही स्थानमा नेपालगञ्जबाट काठमाण्डौ तर्फ आउँदै गरेको भे १ ख ४१६१ नं. को बसमा २ बोरा काँटावाला तराजु (मुल्य नखुलेको) बरामद गरी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    उक्त बरामद पाउजुको धातु परीक्षणको लागी सुन, चाँदी पसल पठाईएको, तराजुको तौल जोख्न सम्बन्धित ठाउँमा पठाईएको, दुबै बरामद सामानको मुल्य र तौल खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।