२५ पुष २०८१ बिहिबार | 09 Jan 2025 Thu

चितवनमा साभ नेपालको अभिभावक शिक्षा तथा तनाव व्यवस्थापन तालिम सम्पन्न  

  • समर रानाभाट
  • १७ घण्टा अघि
  • पाठक संख्या ६४

  • चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर -८ को आयोजना र साभ नेपाल पोखराको सहजीकरणमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया रहेका थिए, भने कार्यक्रमको अध्यक्षता खैरहनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष शंकर कँडेलले गरेका थिए । कार्यक्रममा उद्घाटन मन्तव्यका क्रममा नगर प्रमुख खनियाले अभिभावक शिक्षाको महत्वका बारे प्रकाश पारेका थिए । नगरले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेको र अन्य धेरै विकासका काम शुरु गरेको पनि खनियाले बताए । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य श्याम पाठकले गरेका थिए । यस्तै, खैरहनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष शंकर कँडेलले कार्यक्रमको औचित्य र महत्व माथि प्रकाश पारेका थिए ।

    वडाकै रेडक्रस भवनमा ३ सय ६० जनाको भब्य उपस्थितिमा साभ नेपालका अध्यक्ष, मोटिभेटर, संस्कृतिविद् डा. तुलसी राम खनाले करिब ३ सत्रमा प्रशिक्षण गरेका थिए । त्यसैगरी, प्रथम सत्रमा बालबालिकाहरुलाई कसरी हुर्काउने र पढाउने, दोस्रो सत्रमा किशोर अवस्थाका बालबालिकाहरुको मनोबिज्ञान र तेस्रो सत्रमा परिवार, समाज र देशको उच्च समुन्नत विकास, मानवीय तथा भौतिक विकास तथा असल नागरिक निर्माणमा अभिभावकको भूमिका उच्च हुने हुनाले असल अभिभावकले सिक्नु पर्ने र जान्नु पर्ने आधारभुत तथा व्यवहारिक कुराहरु के के हुन भन्ने बारेमा प्रष्ट पारेका थिए ।

    साथै बालबालिका देशको भविष्यको कर्णधार भएको हुनाले बालबालिकाहरुको सिकाइ र शिक्षाको पहिलो शिक्षक अभिभावक र पहिलो पाठाशाला घर हुने हुनाले अभिभावक शिक्षा जस्ता कार्यक्रमको आवश्यकता र औचित्य बारेमा प्रष्ट पारेका थिए । त्यस्तै, कार्यक्रमको चौथो सत्रमा साभ नेपालका सदस्य तथा दिब्याश्रम हिलिङ्ग एण्ड रिसर्च सेन्टरका फाउन्डर हिलर पास्टलाइफ रिग्रेसन थेरापिस्ट  मुक्त खवासले तनाब  व्यवस्थापनको प्रयोगात्मक अभ्यास र रिल्याक्सेसन साथै मास हिलिङ्ग गराएका थिए । 

    साभ नेपालद्वारा विद्यालयहरू, सामाजिक संस्थाहरू, स्थानीय तहहरू र वित्तिय संस्थाहरूमा निम्नानुसारका प्रशिक्षण सन्चालन भइरहेका छन्  ;
    * अभिभावक शिक्षा ( अभिभावकहरुका लागि )
    * सकारात्मक सोचको शक्ति ( सबैका लागि )
    * नेतृत्व विकास ( शिक्षक, जनप्रतिनिधि तथा वित्तिय संस्थाका लागि ) 
    * स्मार्ट अध्ययन कला ( विद्यार्थीहरुका लागि )
    * उद्यमशीलता ( सबै युवाहरुका लागि )
    * नारी जागरण / महिला सशक्तिकरण ( महिलाहरुका लागि )
    * अध्यात्म जागरण / प्राण ऊर्जा साधना ( अध्यात्ममा विश्वास गर्नेहरूका लागि ) 
    * अध्यापन कला र कक्षाकोठा व्य्वस्थापन ( शिक्षकशिक्षिकाहरुका लागि )
    *  उत्तरदायित्व बोध तथा सकारात्मक सोच ( जनप्रतिनिधिहरुका लागि ) 
    * मनोपरामर्श सेवा ( मानसिक समस्या र दुर्ब्यसनमा पर्न लागेका युवा तथा किशोरकिशोरीहरुका लागि )
    * होमस्टे व्यवस्थापन, आदि ।