लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ९ र १० जोड्ने सडक कालोपत्रे शुरु गरिएको छ । उक्त सडक कालोपत्रेको लागि लमजुङ नगरपालिकाको एक कार्यक्रमका बीच नगर प्रमुख रमेशकुमार पाण्डेलले शिलान्यास गरेका छन् । कालोपत्रे शिलान्यास गर्दै नगर प्रमुख पाण्डेले तोकिएको समयमा गुणस्तरिय काम गर्न निमार्ण पक्षलाई आग्रह गरे ।
त्यस्तै, नगर प्रमुखबाट शिलान्यास पश्चात वडा नम्बर -९ र १० जोड्ने बाग्रेंबेसी हाडिखोला - निशान चौतारा सडकखण्डमा कालोपत्रे शुरु गरिएको वडा नम्बर -१० का अध्यक्ष एवं नगर प्रवक्ता रामचन्द्र भण्डारीले जानकारी दिए । उक्त सडक खण्डको बाग्रेंबेसीदेखि निशान चौतारासम्म ११ सय ६० मिटर सडक कालोपत्रेका लाग २ करोड बजेट रहेको छ ।
प्रदेश सरकारको १ करोड रुपैयाँ र मध्यनेपाल नगरपालिकाले विनियोजन गरेको १ करोड रुपैयाँ बजेटबाट सडक कालोपत्रे शुरु गरिएको नगर प्रमुख पाण्डेले बताए । वि.सं. २०८२ जेठ ३० गते कालोपत्रे सम्पन्न गर्ने गरी यहीँ पुस २ गते बि.आर.एस. कन्स्ट्रक्सनसगँ सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस