प्रिय धन , नवलपुर , १ माघ २०८१ ।
पूर्वी नवलपरासीको हुप्सेकोटमा बाघले गाईको बाच्छोलाई आक्रमण गरेको छ । हुप्सेकोट गाउँपालिका २ धबाहमा शेर बहादुर पाटा मगरको घरबाट २०० मिटर पर रहेको गोठमा बाघले आक्रमण गर्दा एउटा बाच्छाको मृत्यु भएको छ भने अर्को गोरु घाईते भएको छ ।
सोमबार राति पराल हालिदिएर राखेको गोरुलाई बिहान ५ बजेतिर बाघले आक्रमण गरेको र बाच्छालाई मारेको पाटा मगरले जानकारी दिनुभयो ।
त्यसअघि ३ दिन अगाडि शनिबार बाघको पंजा देखिएकाले बाघले नै आक्रमण गरेको शेर बहादुर पाटाले ठोकुवा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस