२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि डण्डामा हुँदै

  • समर रानाभाट
  • ३ महिना अघि
  • पाठक संख्या १८५

  • नवलपुर । आठौं नवलपुर महाेत्सव २०८१ माघ २५ गतेदेखि हुने भएको छ। नवलपुर उधाेग वाणिज्य संघकाे आयाेजनामा ” पर्यटन ,कृषि ,उधाेग र व्यापारकाे उत्सव: समृद्धि नवलपुरका लागि आठौं महाेत्सव” भन्ने नाराका साथ कावासाेती नगरपालिका -१६ ,डण्डा स्थित अंकुर वनकाे कार्यालय परिसरमा रहेको खुला मैदानमा माघ २५ गतेदेखि फागुन १० गतेसम्म महाेत्सव हुने संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले बताउनुभयो ।
    जिल्लाकाे उधाेग ,व्यापार , कृषि उपज, पर्यटन क्षेत्रकाे प्रवर्द्धन , स्थानीय कला ,संस्कृतिकाे उजागर गर्नका लागि महाेत्सव फलदायी हुने संघका महासचिव सागर पाेख्रेलले बताउनुभयो।

    महाेेत्सवमा नवलपुर जिल्लामै पहिलोपटक एफिल टावर, फिस टनेल र सुनामी झुला रहने आयाेजकले बताएको छ।
    स्थानीय एवम् राष्ट्रिय स्तरका कलाकारहरुकाे प्रस्तुति , विभिन्न जातजातिका कला संस्कृतिकाे प्रदर्शनी , जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी , कृषि प्रदर्शनी ,शैक्षिक अनुसन्धान र नव प्रवर्द्धन कार्य प्राेत्साहन कार्यक्रम , रत्याैली प्रतियोगिता , डान्स आइडल ,श्रष्टा सम्मान सहितका कार्यक्रम महाेत्सवमा हुने अध्यक्ष अर्यालले बताउनुभयो ।

    महाेत्सवमा २ सय ५० वटा सम्म स्टल रहेने जनाइएको छ। असी हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र अनुमानित रु. ५ कराेडकाे काराेबार हुने अध्यक्ष अर्यालले बताउनुभयो ।
    महाेत्वमा प्रवेशका लागि रु.१०० टिकट ,विधार्थीका लागि रु.६० र ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरु लाई निशुल्क प्रवेशकाे व्यवस्था गरिएको अध्यक्ष अर्यालले बताउनुभयो ।
    महाेत्सवमा निशुल्क आँखा परिक्षण शिविर हुने महासचिव पाेख्रेलले बताउनुभयो । महाेत्सव व्यवस्थापनका लागि विभिन्न उप समितिहरु गठन गरिएको छ।