माघ, १२
तनहुँ - नेपाल राष्ट्रिय शिक्षक संगठनको घिरिङ गाउँ कमिटको तेस्रो अधिवेशनले शिवभक्त सिग्देलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
संगठनको शनिबार घिरिङ चन्द्र ज्योती मा.वि प्राङगढमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रेशमलाल श्रेष्ठ र महिला उपाध्यक्ष स्वस्ती श्रेष्ठ ,सचिवमा तेज नाराय श्रेष्ठ ,सहसचिवमा टिका माया थापार कोषाध्यक्षमा हिरा बहादुर वि.क , सह- कोषध्याक्षमा मिना कुमारी श्रेष्ठ चयन भएका छन्।कार्यसमिति सदस्यमा देवेन्द्र कुमार कार्की ,सागार थापा ,दलसिं थापा ,नोर बहादुर थापा,शोभा दरै ,केशवी सिग्देल ,रेखा रानाभाट ,सरस्वती सिग्देल छनोट भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश कमिटिका महासचिव धुर्वराज सिग्देलले शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षकहरुको मेहनत आवश्यक भएको बताउनुभयो । उहाँले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै पेशागत हकहितको लागि संगठन सदृढ बनाएर संस्थागत विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले शिक्षक पेशा मर्यादित भएकाले भोलीको जनशक्ति कस्तो बनाउने जिम्मेवारी पनि शिक्षककै भएकाले यसको गरिमा बचाइराख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका सचिव बाबुराम रानाभाट, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय परिषद सदस्य महाकाली रानाभाट, नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका उप सचिव विष्णु पंगेनी सिग्देल , सदस्य खिमकणं ढकाल,लिल बहादुर सुनार,झम बहादुर थापा, जनक सिग्देल चन्द्र ज्योती मा.वि.का विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शुब्दार शेर बहादुर थापा , राष्ट्रिय मा वि का विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिल सि थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन शुक्लाका अध्यक्ष नारायण पौडल, नेपाल राष्ट्रिय शिक्षक संगठन भिमादका अध्यक्ष केशर खड्का, लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा निवृत शिक्षकहरूलाई सम्मान गरेको थियो भने सम्पन्न तेस्रो अधिवेशन प्रेम बहादुर थापाको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन घिरिङ गाउँ कमिटिका उपाध्यक्ष रेशमलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संगठनका सचिवले संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस