२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

योगदानमा आधारित सुरक्षित कोष मार्फत स्वास्थ्य विमा–स्वास्थ्य मन्त्री पौडेल

  • समर रानाभाट
  • २ महिना अघि
  • पाठक संख्या ९६

  • दुलेगौंडा, १५ माघ । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य विमा व्यवस्थित गर्न लागेको बताएका छन् । हाल १ लाखको स्वास्थ्य विमालाई बढाएर ५ लाख पु¥याउने गरि काम गरिरहेको मन्त्री पौडेलले बताए ।  शुक्लागण्डकी–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माविको ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सोमवार बोल्दै नागरिकको योगदानमा आधारित सुरक्षित कोष मार्फत स्वास्थ्य विमा सञ्चालन गर्ने योजना अघि सारेकोे सुनाए । पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको बताए  । उनले नेपालका १६ लाख किशोरीलाई पाठेघरको रोगविरूद्ध एचपिभी खोप अभियान सुरू गर्न लागिएको उल्लेख गरे । स्वास्थ्य क्षेत्रलाई आम नागरिकको पहुँचसम्म लैजान वर्तमान सरकार प्रतिबद्ध रहेको मन्त्री पौडेलको भनाइ थियो ।   गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले सामुदायिक विद्यालयले पनि राम्रो गर्न सक्छ भन्ने उदाहरण यस विद्यालयले दिएको बताए । शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले नगरपालिकाले यस आर्थिक बर्षलाई शैक्षिक सुधारको बर्षको रुपमा अगाडी बढेको बताउदै शैक्षिक र भौतिक पक्षको सुधारका लागि निरन्तर रुपमा लागि परेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख खुमबहादुर विक (राजु), प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे, वडा नंं ४ का अध्यक्ष राजकुमार वाग्ले, पूर्व प्रधानाध्यापक धु्रवकुमार मल्ल, शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख उद्धबराज जम्मरकट्टेल, समाजसेवी शेषमणी आचार्य, नेकपा एमाले शुक्लागण्डकीका अध्यक्ष रघुनाथ पौडेल, युवा अभियान्ता शंकर पन्त, विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारी, सहायक प्रधानाध्यापक विमल जोजिजु, शिक्षक राजेन्द्र लम्साल र टुकादेवी आचार्य पौडेल, विद्यार्थीको तर्फबाट सदीक्षा पुरी लगायतले बोलेका थिए ।  विद्यार्थीहरुले विभिन्न शैक्षिक प्रदर्शनी गरिनुका साथै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै गायीका एलीना चौहानले आफ्नो प्रस्तुती राखेकी थिइन् ।