दुलेगौंडा, २३ माघ । दुलेगौंडा आमा समुहले बुधवार सुत्केरीलाई सहयोग गरेको छ । मजदुरी गर्दै आएका हरिनाश–४ का प्रकाश विक र उनकी सुत्केरी श्रीमती विनिता विकलाई दैनिक उपाभोग्य सामाग्री सहयोग गरिएको हो । शुक्लागण्डकी–३ कवासेस्थित उनीहरु भाडामा बसेकै स्थानमा पुगेर चामल, घिउ, तेल, खसीको मासु लगायतका सामाग्री सहयोग गरिएको हो ।
दुलेगौंडामा आमा समुहले हेल्थपोष्टचोकमा स्थापना गरि सञ्चालन गरेको कपडा बैंकमा केहि हप्ता पहिले कपडा लिन विनिता पुगेकी थिइन । सोहि समयदेखि चिनजान भएपछि सुत्केरीको बेलामा पर्याप्त पोषणयुक्त खानेकुरा खुवाउन सहयोग गर्ने उदेश्यले सहयोग गरिएको आमा समुहकी अध्यक्ष मधु शर्मा पौडेलले जानकारी दिइन् । उनका अनुसार आमा समुहका सदस्यहरुले स्वतस्फूर्त रुपमा सहयोग गरेका हुन् । मंसिर अन्तिम सातादेखि आमा समुहले कपडा बैंक सञ्चालन गर्दै आएको छ । साे बैंकमा कपडा हुनेले दिने र नहुनेले लिएर लैजान छन् ।
प्रतिक्रिया दिनुहोस