२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

मोवाईल ल्याव भ्यान सहित माटो परिक्षण शिविरमा २ सय कृषकद्वारा माटो परिक्षण । 

  • समर रानाभाट
  • २ महिना अघि
  • पाठक संख्या १७५

  • बुलिङ्गटार–माघ
    बौंदीकाली र वुलिङ्गटार गाउंपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । माटो परिक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग, स्थानीय पालिकाहरुको समन्वयमा कृषि ज्ञान केन्द्र नवलपुरले माटो परिक्षण घुम्ति प्रयोगशाला भ्यान मार्फत गरिएको हो । शिविरमा बौंदीकालीका १ सय १५ र बुलिङ्गटारका ८५ जना कृषकले माटो परक्षण गराएको कृषि ज्ञान केन्द्र नवलपुरका अधिकृत विश्वास काफ्लेले जानकारी दिनुभयो ।  
    माटोको पिएच, नाईट्रोजन, फोस्फरस, क्यालसिय, प्राङ्गगरिक लेभल लगायतको परिक्षण गरिएको र यसबाट माटोको अम्लियपन, विरुवालाई आवश्यक तत्वको मात्रा जानकारी हुने माटो परिक्षण प्रयोगशाला पोखराका प्रमुख सुनिल पाण्डेले जानकारी दिनुभयो । उहांका अनुसार माटोको पिएच लेभलबाट अमलियपन थाहा हुने र यसको मात्रा बढी भएमा विरुवा बढ्न नसक्ने, सन्तुलनका लागि कृषि चुन प्रयोग गर्नुपर्ने हुन्छ । कृषकले माटोको प्राविधिक ज्ञान नहुदां मेहनत गरे अनुसार उत्पादन लिन सकेको छैन । रासाईनिक मलको अस्वभाविक प्रयोगले माटोको उर्वरा शक्ति ह्रास भएको छ । 
    दुर्गम क्षेत्रका कृषकलाई सहज ढंगले माटो परिक्षण गर्ने व्यवश्था मिलाउन मोवाईल भ्यान सहित प्राविधिक टोली पुगेर माटो शिविर आयोजना गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका कार्यालय प्रमुख कुल प्रसाद शर्माले बताउनुभयो । माटो परिक्षणका नतिजाका आधारमा कृषकहरुलाई कृषि चुन अनुदान प्रदान गर्ने, बालि प्राथामिकता छनौटमा सुझाव प्रदान गर्नेछ । सवै क्षेत्रका कृषकहरु सहभागी भएको भए पालिका भरिका माटोको अवश्था प्रोफाईल बनाउन सकिन्थ्यो कार्यालय प्रमुख शर्माले भन्नुभयो– सूचना प्रवाहमा कमी भएकोले अपेक्षित सहभागी भएनन् । कृषकलाई जानकारी दिने, माटो नमूना संकलन गर्न स्थानीय पालिकालाई जिम्मा दिए पनि अपेक्षित समन्वय भएन । 
    बौदीकाली–२ का अगुवा होमनाथ भट्टराईले जनप्रतिनीधि, स्थानीय पालिकाले चासो नलिदा घर दैलो मै आएको मौका कृषकले गुमाउनुपरेको बताउनुभयो । फेसबुकमा सूचना पोस्ट्याएर मात्रै सवै कृषकले जानकारी पाउन सकिदैन । फेसवुकमा लेखिएका प्राविधिक भाषा सवैले बुझ्न सकिदैन । सरोकारवालाहरु जिम्मेवार बन्नुपर्छ । राज्यले यति धेरै लगानी गरेर विज्ञहरु घर दैलो मै सेवा दिन आउंदा कृषकले थाहै नपाउनु  दुखद भएको स्थानीय भट्टराईको भनाई छ । 
    कृषि, भूमि व्यवश्था तथा सहकारी मन्त्रालयका सचिव आदरणीय बासु रेग्मी शिविर अवलोकन पश्चात माटा परिक्षणले  आगामी दिनमा बालि छनौट, कृषकलाई सहयोगका लागि समेत आधार वन्ने बताउनुभयो ।  


     निर्यातजन्य मसालाबाली प्रवद्र्वन प्रदेश कृषि मन्त्रालयको प्राथामिकता रहन्छ – सचिव रेग्मी 
     
    बुलिङ्गटार–२६ माघ
    कृषि, भूमि व्यवश्था तथा सहकारी मन्त्रालयका सचिव आदरणीय बासु रेग्मीले निर्यातजन्य मसालाबाली प्रवद्र्वन प्रदेश कृषि मन्त्रालयको प्राथामिकता रहने बताउनुभएको छ । अदुवा, वेसार, अलैंची जस्ता मसलाबाली कृषकको नगदेबाली मात्रै नभई मुलुकमा विदेशी मुद्रा भित्र्याउने प्रमुख आधार समेत भएकोले मन्त्रालयले आगामी वर्ष विशेष प्याकेज कार्यक्रम ल्याउने योजना रहेको सचिव रेग्मीको भनाई छ । बुलिङ्गटार गाउंपालिकाले आयोजना गरिएको कृषि विज्ञहरुसंगको अन्तरकृया कार्यक्रममा सचिव रेग्मीले कृषकसंगको सवाल जवाफमा नतिजा देखिने खाले कार्यक्रम मन्त्रालयको आगामी प्राथामिकता रहने बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ केन्द्रय सदस्य केबी रानाले पहाडी काष्ठफल परियोजनामा गण्डकी प्रदेशको  १० जिल्लामा सञ्चालन भईरहेपनि नवलपुरमा सञ्चालन नभएकोले आगामी योजनामा समावेश गर्नुपर्ने, यहांको मुख्य नगदेबाली अदुवा, वेसार कृषकका लागि सरकारको कुनै कार्यक्रम नभएकोले अदुवा सुपरजोन घोषणा गरि ठोस कार्यक्रम ल्याउनुपर्ने, सिंचाईको व्यवश्थापन, प्रयोग विहिन जग्गाको उपयोग, खाली, सार्वजनिक जग्गाको सहज लिज सिस्टमको व्यवश्था गरि फलफुल खेतिको लागि व्यवश्थापन  गर्नुपर्ने माग राख्नुभएको थियो । 

    अन्तरकृया कार्यक्रममा कृषकका जिज्ञासाको जवाफ दिनुहुंदै कृषि, भूमि व्यवश्था तथा सहकारी मन्त्रालयका सचिव आदरणीय बासु रेग्मीले नवलपुर पहाडी क्षेत्रको प्रमुख नगदेबाली अदुवा, बाख्रापालन, सुन्तला, अन्य काष्ठफल प्रवद्र्वनका लागि ठोस परियोजना सञ्चालन गर्ने सचिव बास रेग्मीले प्रतिवद्वता व्यक्त गर्नुभएको छ । नेपालमा एडिविको सहयोगमा पहाडी काष्ठफल परियोजना  १२ अर्वको लगानी छ । गण्डकीमा १० जिल्लामा सञ्चालन भईरहेको छ । डोनर एजेन्सीको रेडिमेट खाकाले गर्दा कतिपय परियोजनाहरु मन्त्रालयले चाहेर पनि क्षेत्र वदल्न नसक्ने र आगामी दिनमा योजना विस्तार हुंदा नवलपुरलाई समेटिने सचिव रेग्मीको भनाई छ । उहांका अनुसार कृषि क्षेत्रको सुधारका लागि जनप्रतिनीधि, राजनीतिक दलका अगुवाहरुले भोटको राजनीति भन्दा माथि उठेर काम गर्नुपर्छ । बांझो जग्गालाई एकिकृत गरि गरिखाने कृषकलाई भाडामा उपयोग गर्न दिनुपर्छ । भोट घट्ने डरले कृषियोग्य भूमिलाई गैर कृषि भनेर सिफारिस गरेको छ । गैर कृषि क्षेत्रका कृषकलाई राज्यले कृषि अनुदान दिन नमिल्ने हो । यस विषयमा जनप्रतिनीधिको ध्यान पुग्नुपर्छ । 
    बुलिङ्गटार गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र्र भुषालले कृषकहरुले राज्यको मात्रै भरमा गरेको व्यवसाय टिकाउ नहुने बताउनुभयो । अनुदान लिन आउने, त्यसको उपलब्धी के भयो भन्ने थाहा नपाउने, कतिपय कृषि फर्म, समूहहरु अनुदानका लागि मात्रै दर्ता हुने, अनुदान लिएपछि नविकरण समेत नगर्ने समस्या रहेको उहांको भनाई छ । कृषकहरुको समस्याबारेमा पालिकालाई समेत सचेत गराउने, अनुदान प्रणाली पारदर्शी भए नभएको बारेमा समेत ध्यानाकर्षण गराउने दायित्व कृषकको हो ।  कार्यक्रममा बुलिङ्गटार गाउंपालिकाका २ दर्जन कृषकहरु सहभागी थिए ।