रुपन्देही ८ फागुन
भारतको ओडिसामा स्नातक तह अध्ययन गर्दै गरेकी रुपन्देही भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको शव गृहनगर ल्याइएको छ ।
लम्सालको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा बुधबार साँझ घर ल्याइएको हो ।
बुधबार साँझ ९ बजे लु १ च ९८३६ नम्बरको एम्बुलेन्समा उनको शव भैरहवा ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए। उनको बुधबार राति नै दाहसंस्कार गर्ने तयारी रहेको बताइएको छ । शव घरमा ल्याउँदै गर्दा सान्तवना दिन उपस्थित मानिसहरुको समेत आँखा ओभानो थिएन,सबै भावविह्ल भएका थिए । लम्साल ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०को छात्रावासमा मृत भेटिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस