ललितपुर । रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान र नेटवर्क अफ रोटरी क्लब अफ ललितपुरको संयुक्त आयोजनामा फागुन १६ गते ललितपुरको होटल हिमालयमा दिउँसो ०२:०० बजेदेखि प्रोस्टेट वृद्धि (रोकथाम हेरचाह) र प्रोस्टेट क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा विभिन्न रोटरी क्लबहरूबाट तथा अन्य क्षेत्रबाट सहभागिता हुने नेटवर्क अफ रोटरी क्लब अफ ललितपुरका अध्यक्ष रोटरीयन मनोज बहादुर श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रममा सहभागीताको लागि आयोजकले आव्हान गरेको छ । सो कार्यक्रम रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान का डिष्ट्रिक्ट गभर्नर रोटरीयन राजेन्द्र मान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न हुने छ, भने प्रा. डा. नारायण थापा र डा. दीप लामिछाने प्रमुख वक्ता हुने छन् ।
प्रतिक्रिया दिनुहोस