२०८१ फागुन २०
व्यास : तनहुँ जिल्लाको ब्यासनगरपालिका वडा न: १४ कुलुङमा सातौं कुलुङ कप २०८१ मगर दिवसको अबसरमा गाउँ तथा साबिक वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी ऋषिङ समाजले हात पारेको छ । ब्यासनगरपालिका वडा न: १४ श्री छाब्दी बाराही लाङघाली युवा क्लब आयोजकलाई २-१ को सेटमा पराजित गरि उपाधी गितेको हो। बिजेता बने संगै ऋषिङ समाज ऋषिङले रु .५५ हजार ट्रफि मेडल र प्रमाणपत्र हात परेका छ । छाब्दी बाराही लाङघाली युवा क्लब आयोजकले रु. ३३ हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो स्थानको लागी भएको खेलमा नारायण गोपाल युवा क्लब बन्दिपुर गाउँपालिका वडा न: २ कुर्कुर्दी र एकता युवा क्लब बन्दिपुर गाउँपालिका वडा न: ३ रामकोट बिच भएको खेलमा एकता युवा क्लबलाई २-०को सेटमा पराजित गर्दै गोपाल युवा क्लब कुर्कुर्दी तेस्रो बने संगै रु. २० हजार ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा कुल १२ टिम सहभागी रहेको थिए । क्लबका अध्यक्ष दिपक थापा मगरले प्रतियोगिता सफलतापुर्बक सम्पन्न भएको जानकारि दिए ।
प्रतिक्रिया दिनुहोस