२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

जनज्योति क्याम्पसमा बधाई तथा प्रमाण-पत्र वितरण कार्यक्रम सम्पन्न

  • समर रानाभाट
  • ३ हप्ता अघि
  • पाठक संख्या ११९

  • भिमाद, चैत्र ०८

    जनज्योति क्याम्पस  भिमाद-६ तनहुँमा आज स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा प्रमाण-पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा निर्वाचन प्रबन्ध समितिका संयोजक हरिप्रसाद सुवेदीको अध्यक्षता रहेको थियो।  भने गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य माननीय जीत प्रकाश आले प्रमुख अतिथि रहनुभएको थियो।

    कार्यक्रममा भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, क्याम्पस प्रमुख केशवराज काफ्ले, स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सभापति विप्लव भण्डारी, निवर्तमान सभापति विवश पराजुली (विनोद), स्वतन्त्र विद्यार्थी युनियनका सभापतिका प्रत्यासी उम्मेदवार अमृत गैह्रे लगायत विभिन्न व्यक्तित्वहरूले मन्तव्य राख्नुभएको थियो।

    त्यस्तै, क्याम्पस सञ्चालक समितिका सदस्यहरू जीवनाथ अर्याल, इन्दिरा खड्का, पदमराज सेन, आमन्त्रित सदस्य क्या. खड्ग बहादुर थापा, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं, क्याम्पसका प्राध्यापक, कर्मचारी, स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा निर्वाचन प्रबन्ध समितिका सदस्य केशरबहादुर खड्काले स्वागत मन्तव्य दिनुभएको थियो भने सञ्चालन सदस्य दीपक भट्टराईले गर्नुभएको थियो।

    त्यसैगरी, आजै निवर्तमान सभापति विवश पराजुली (विनोद) ले नवनिर्वाचित सभापति विप्लव भण्डारीलाई कुर्सीमा राखी औपचारिक रूपमा पदभार हस्तान्तरण गर्नुभएको छ।