२८ चैत २०८१ बिहिबार | 10 Apr 2025 Thu

दाउन्नेको बैकैल्पिक बाटो हुनसक्छ डाँडाजोर –संसारकोट

  • समर रानाभाट
  • ४ दिन अघि
  • पाठक संख्या ९०

  • दयाराम आचार्य

    नवलपुर । पूर्व पश्चिम राजमार्गको दाउन्नेमा सडक मर्मतका लागि चैत २७ गतेदेखि ३१ गतेसम्म दिउसो ११ बजे देखी ३ बजेसम्म सवारी आवागमन बन्द गरिँदै छ । वैशाख १ गतेबाट वैशाख १५ गतेसम्म राति सवारी आवागमन रोक्ने तयारी छ ।
    मुख्य राजमार्गको दाउन्ने खण्डमा सवारी रोकिदा यति वेला वैकल्पिक बाटो सबैका लागि खोजीको विषय बनेको छ । साना दुई पांग्रे सवारी ,स्कार्पियो, फोर ह्विलर सहितका साना जिपका लागि  डाँडाजोर –संसार कोट वैकल्पिक बाटो हुन सक्दछ ।

    पूर्वबाट पश्चिम जानका लागि दुम्किबासबाट करिब ६ किलोमिटर उत्तरतर्फ यात्रा गरेपछि डाँडाजोर पुगिन्छ । यहाँसम्म कालोपत्रे सडक रहेको छ । त्यसपछि करिब ४ किलोमिटरको यात्रा पश्चिमतर्फ लाग्दा पुगिन्छ पटुके । पटुके विनयी त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिकाको सिमानामा पर्ने ठाउँ हो । पटुकेबाट संसार कोट, आम्बास, सिमसार हुँदै भुताहको अमरदिप चोकमा पुगेर पूर्व पश्चिम राजमार्गमा जोडिन्छ ।

    यसको ठिक विपरीत पश्चिमबाट पूर्व दुम्किबास आउनका लागि भुताहाको अमरदिप चोक हुँदै उत्तरतर्फ सिमसार, आम्बास, संसार कोट हुँदै पटुके पुगिन्छ । यो दुरी करिब १५ किलोमिटर रहेको छ । पटुके पछि डाँडाजोर हुँदै दुम्किबास निस्किन सकिन्छ । यो बिचमा पहाडी क्षेत्रको  कच्ची बाटो छिचोल्नुपर्ने हुन्छ । हिउँदमा यो बाटोमा साना सवारीलाई समस्या हुँदैन । तर सवारीको चाँप धेरै यो बाटोमा परे साँघुरो सडकका कारण जामको समस्या भने हुन सक्दछ ।
    ठुलो सवारीका लागि भने गैँडाकोटको बाट बौदिकाली ,रामपुर कालिगण्डकी कोरिडोर   विकल्पको बाटो हुन सक्दछ । यो यात्रा केही लामो हुन सक्दछ