तनहुँ । चैत
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगन्डकी नदीमा मोटरेवलपुल निर्माण सम्पन्न भएको छ । गन्डकी प्रदेशको तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजारको कालीगण्डकी करिडोरमा जोड्ने कालीगन्डकी नदीमाथि निर्माण गरिएको पक्की निर्माण सम्पन्न भई उक्त पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् ।तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको । तर पुलको दायाँ बायाँको फलामे बार (रेलिङ) भने राख्न बाँकी नै रहेको छ । निर्माण सम्पन्न गरेपनि अन्तिम फिनिसिङको काम पुरा नगरि निर्माण कम्पनीले निर्माण स्थल छाडेको छ । भुक्तानीको काममा समस्या भएपछि निर्माण कम्पनीले अन्तिम चरणको काम पुरा नगरी निर्माण स्थल छाडेको घिरिङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रविचन्द्र घोरासिनीले बताए । रेलिङ नहुँदा यात्रुहरु भने जोखिममा नै रहेका छन् ।
पुल निर्माण सम्पन्न भएर उद्घाटन नभए पनि पुलबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए । पुल निर्माणको ठेक्का युनाइटेड विल्डर्सले पाएको थियो । कूल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नम्बर ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा रु २७ करोड लगानी भएको हो ।
कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य थिए । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रूपमा आवात जावात गर्न सकिन्छ । छ वर्षको अवधिमा पुल निर्माण भएको हो ।
पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ । मोटरेबल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुने नेकपा एमाले जिल्ला कमिटि सदस्य कविराज खनालले बताए । उनले अन्तिम चरणमा रहेको उक्त पुलको निर्माण कम्पनीलाई काममा फकाई बाँकी रहेको सबै काम सम्पन्न गरि उद्घाटनको काम पनि गर्नुपर्ने बताए ।देबघाट अनलाइन
प्रतिक्रिया दिनुहोस