नयाँ वर्षको अवसरमा देउराली युवा क्लबको आयोजनामा घिरिङ्ग-२, देउरालीमा आयोजित महिला तथा पुरूष भलिबल प्रतियोगिता संचालनमा रहेको छ । क्लवले महिला तर्फको खेल आज सम्पन्न गरेको छ ।
महिला तर्फको भलिबल प्रतियोगितामा हैदेगाले उपाधी जितेको छ । प्रथम हुने टिमले नगद रू १५ हजार शिल्ड मेडल प्रमाणपत्र , द्वितीय हुने शुक्लागण्डकीले नगद रू १० हजार शिल्ड मेडल प्रमाणपत्र र तृतीय हुने स्टेप रामपुर टिमले रू ५ हजार मेडल र प्रमाणपत्र हात परेको छ । खेलमा प्लेयर अफ दि टुनामेन्ट शुक्लागण्डकी खेलाडी आयुष्मा क्षेत्री भईकी छिन् ।
पुरुष तर्फ भने भोलीबाट सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस