नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारको भौतिक प्रगति ६३ प्रतिशत भएको छ । ११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर) मा बाँडेर गरिएको विस्तारको कामले चालु बर्षको पछिल्लो तीन महिनामा अपेक्षाकृत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाका सूचना अधिकृत शिव खनालका अनुसार पूर्वी खण्डमा भौतिक प्रगति ६३ प्रतिशत र वित्तीय प्रगती ५३ प्रतिशत भएको छ ।
पश्चिम खण्डको भौतिक प्रगति ६१ दशमलव ८ प्रतिशत रहेको आयोजना प्रमुख शंशाक मिश्रले जानकारी दिए । पश्चिम खण्डमा पनि पछिल्ला तीन महिनामा भौतिक प्रगति निकै बढेको आयोजनाले जनाएको छ । गत पुसको पहिलो हप्तादेखि मात्रै निर्माण कम्पनीले देखिने गरी फिल्डमा काम थालेको थियो । गत असार मसान्तसम्म पूर्वी खण्डको प्रगति ५१ प्रतिशत मात्रै थियो । ६३ किलोमिटर लामो पूर्वी खण्डमा पुल बाहेक १० किलोमिटर मात्रै एकतर्फी कालोपत्रे हुन बाँकी छ ।
कुनै भागमा दुईतर्फी नै कालोपत्रेसमेत भइसकेको सूचना अधिकारी खनालले जानकारी दिए । पिच हुन बाँकी १० किलोमिटर मध्ये ६ किलोमिटर कालोपत्रे गर्न तयारी अवस्थामा छ । गत असार मसान्तसम्म पूर्वी खण्डको प्रगति ५१ प्रतिशत मात्रै थियो । ६३ किलोमिटर लामो पूर्वी खण्डमा पुल बाहेक १० किलोमिटर मात्रै एकतर्फी कालोपत्रे हुन बाँकी छ ।
२०८० साउन ११ सम्म पहिलोपटक, २०८१ साउन ८ गतेसम्म दोस्रोपटक र २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । तेस्रोपटक थपिएको अवधिमा पनि सडक विस्तार पुरा हुन सक्ने देखिएको छैन । तर, यात्रा भने सहज बनाउने तयारीमा आयोजना लागेको छ ।
प्रतिक्रिया दिनुहोस