बैशाख ८, कावासोती,
स्वर्गिय वडाध्यक्ष तवारक अहमद मियाको ३ सन्तानलाई सिद्धार्थ आवासिय मा.वि.ले निशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।
गत साल २०८१ माघ १९ गते नवलपुरको कावासोती नगरपालिका वडा नं. १ का वडाध्यक्ष मियाको हृदयघातका कारण स्वर्गारोहण भएपछि मियाको ४ सन्तान मध्य ३ सन्तानलाई कावासोती ३ मा अवस्थित सिद्धार्थ आवासिय मा.वि.ले निशुल्क शिक्षा प्रदान गर्ने भएको हो ।
आज एक कार्यक्रमका विच शैक्षिक एवं सामाजिक व्यक्तित्व भोजराज दाहालले मियाका ३ सन्तानको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
पूर्व सांसद एवं नेकपा एमाले नवलपुर जिल्ला ईन्चार्ज तिलक महत, कावासोती वडा नं.३ का वडाध्यक्ष डोरमान गिरि, एमाले कावासोती नगरकमिटि अध्यक्ष राजेन्द्र पाण्डे, युवा संघ नगर अध्यक्ष कमल पौडेल लगायतको विषेश उपस्थितिमा मियाका ३ सन्तानहरु ६ वर्षिय छोरा मोहमद ईब्राहिम कक्षा १ मा, त्यस्तै समिरा खातुन मिया कक्षा ३ मा र नजिरा खातुन मिया कक्षा ६ मा अध्ययन अध्यापनकोलागि लाग्ने कुनै पनि शुल्क नलिने गरि पूर्ण छात्रवृति प्रदान गरिएको विद्यालयका प्रिन्सिपल समेत रहनुभएका भोजराज दाहालले बताउनुभयो । मियाको पहिलो एक सन्तान छोरीलाई भने मध्यविन्दु बहुमुखि क्याम्पसले पूर्ण छात्रवृति प्रदान गरेको छ ।
अभिभाकत्व ग्रहण कार्यक्रममा स्वर्गिय मियाकि श्रीमति जन्नतन मियाले बच्चाको आवेदन फारम भरेर प्रिन्सिपल दाहाल, सिद्धार्थ आवासिय मा.वि.की सञ्चालिका कलादेवि दाहाल एवं शुलभ दाहाललाई प्रदान गर्नुभएको थियो भने निशुल्क भर्ना गरेको प्रमाण सहितको रसिद संयूक्त रुपमा मियालाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सासंद महतले आँफुहरुको अनुरोधलाई सहर्ष स्विकार गर्दै दाहालले तिनै सन्तानलाई विद्यालय शिक्षा निशुल्क प्रदान गरिदिनुभएकोमा धन्यवाद ज्ञापन गर्दै, शिक्षा प्रदान जस्तो कार्य सबैभन्दा ठूलो पुण्य कार्य रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष गिरिले सधैँ उत्कृष्ट शिक्षा प्रदान गर्ने मात्र नभई पुनित कार्यमा समेत अग्रडि वडा नं. ३ मा अवस्थित सिद्धार्थ आवासिय मा.वि.आफ्नै वडामा रहेकोले पनि गर्व महषुस हुने बताउनुभएको थियो ।
त्यस्तै शैक्षिक व्यक्तित्व दाहालले सबैको आग्रहसँगै एक होनहार व्यक्तित्वको सन्तानहरुको अभिभाकत्व ग्रहण गर्न पाउनुलाई एक विषेश अवसरको रुपमा लिएको बताउनुभएको थियो ।
कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाको गत साल माघ १९ गते ३६ वर्षको उमेरमै युवा संघ नवलपुरको गैँडाकोटमा भएको १० औँ अधिवेशन उद्घाटन सत्रमा स्वागत मन्तव्य दिएपछि हृदयघात भएर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस