ज्ञानु पंगेनी , वैशाख १० गते ।
नवलपरासी पूर्व (नवलपुरको) अरुणखोलामा नुहाउन गएका एक जनाको खोलामा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–१४ बतासा बस्ने ४५ वर्षका टोप बहादुर सिंजाली रहेका छन् । मृतक सिंजाली मृगी रोगी हुनुुहुन्थ्यो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले दिनुभएको जानकारी अनुसार बुधबार बिहान १० बजेतिरको समयमा खोलामा नुहाउन भनि घरबाट निस्कनुभएका सिंजालीको खोलामा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो । खोलामा आसपास रहेकाहरुले नुहाउन खोलामा गएको होला भनी वास्ता नगरेको , लामो समयसम्म बाहिर नआएपछि हेर्न जादा सिंजाली मृत भेटिनुभएको थियो ।
दिउसो पौने तीन बजेतिर बल्ल प्रहरीलाई खबर आएपछि मृतक सिंजालीको शव खोलाबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । शव अहिले मध्यविन्दु प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस